काठमाडौं, २१ माघ । काठमाडौंको ठमेलमा सुतिरहेकै अवस्थामा एक चिनियाँ पर्यटकको शव फेला परेको छ । शनिबार साँझ चिनियाँ नागरिक ४७ वर्षका बाओ ग्वाङ रहेको शव फेला परेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । ग्वाङ यही माघ १० गतेदेखि ठमेलको नेपालय होम होस्टेलमा बस्दै आएका थिए ।
उनलाई कोठमा सुतिरहेको अवस्थामा मृत फेला परिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । शवपरीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइको ढुङ्गेलले जानकारी दिनुभयो । घटनास्थलमा कुनै प्रमाण फेला नपरेकाले मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्