धादिङ, २१ माघ । धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ । दुई पक्षबीचको विवादले हात हालाहाल भएपछि अधिवेशन स्थगित गरिएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका नेताहरूलाई काठमाडौं बोलाएर छलफल गरेर विवाद मिलाउने प्रयास गरेका छन् ।
विवादपछि बागमती प्रदेश अध्यक्ष कैशाल ढुंगेलले आज बिहानै जिल्ला अधिवेशन स्थगित भएको भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो । तर धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले तत्कालै अर्को वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जनाउनुभएको थियो । त्यसपछि अवस्था थप विग्रिएको थियो ।
जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरेकोमा प्रदेश अध्यक्ष ढुंगेल पक्षधर नेताहरूले विरोध गरेपछि विवाद भएको थियो । विवादपछि भएको झडपमा कुटपिटमा परी एक जनाको हातसमेत भाँच्चिएको थियो । शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का हुँदा सन्तोष खनालको हात भाँच्चिएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्