जनता टाइम्स

२३ माघ २०८०, मंगलवार ०८:०८

कोशी-गण्डकी-कर्णाली र सुदूरपश्चिममा हिमपातको संभावना


काठमाडौं, माघ २३ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा मौसम बदली हुने जनाएको छ । मंगलबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।