काठमाडौं, माघ २३ । सरकारले २ सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले सहरी विकास सचिवमा हेरफेर गर्दै सरकार २ सचिवहरुको जिम्मेवारी फेर्ने निर्णय गरेको हो ।
सहरी विकास सरजुकुमार वैद्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन। वैद्य गत २४ असोजमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल ट्रस्टको कार्यालयबाट वैद्यलाई सहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । ४ महिनामा नै उहाँको मन्त्रिपरिषद् कार्यालयमा सरूवा भएको हो ।
अब सहरी विकास मन्त्रालयको सचिवको जिम्मा प्रधानमन्त्री कार्यालयका इन्जिनियरिङ समूहका सचिव मणिराम गेलालले पाउनु भयो । गेलाल लामो समयदेखि सहरी विकास मन्त्रालयमा जान प्रयासरत हुनुहुन्थ्यो ।
ठूलो बजेट भएकाले सहरी विकास मन्त्रालयको सचिव हुन पछिल्लो समयमा इन्जिनियरिङ समूहका विभिन्न सचिवहरुले जोडबल लगाउने गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्