काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीमार्फत ठगीमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सहकारीमार्फत् ठगी गर्ने जतिसुकै शक्तिशाली भए पनि दण्डित गर्नुपर्ने बताउनुभएको हो ।
उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ । सरकार पूर्वाग्रही हुन नहुने भन्दै उहाँले सरकारले लोकरिझ्याइँका लागि प्रहरी प्रशासन र सरकारी निकायहरुको दुरुपयोग गर्न नहुने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्