जनता टाइम्स

२४ माघ २०८०, बुधबार १३:४६

विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार : पदम गिरी


काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहनुभएको विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनौँ भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताउनुभएको हो । दलालमार्फत रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उहाँको भनाइ छ ।