जनता टाइम्स

२४ माघ २०८०, बुधबार १८:२४

हरिणको सिङ र गाँजासहित एक महिला पक्राउ


मोरङ, २४ माघ । मोरङको रंगेली ७ चिनामारीबाट गाजा र हरिणको सिङसहित एक महिला पक्राउ परेकी छन् ।

५५ वर्षीय सागर देवीले घरमा लुकाइ राखेको अवस्थामा १ केजी ६९७ ग्राम गाजा र ४ थान हरिणको सिंह फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले बताउनुभयो ।

उनलाई लागूऔषध ओसार पसारमा मुद्दा दर्ता गरिने प्रहरीको भनाइ छ ।