जनता टाइम्स

२४ माघ २०८०, बुधबार १९:५८

बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु


बारा, २४ माघ । बारामा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । सुवर्ण गाउँपालिका–२ सतगंज बोर्डरमा ना ३ ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका–८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी अंतिमा कुमारी साहको आज मृत्यु भएको हो ।

बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडिको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।