जनता टाइम्स

२७ माघ २०८०, शनिबार ०७:२७

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने


काठमाडौं, २७ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।