काठमाडौ, २९ माघ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार पनि सुन कारोबार सोही मूल्यमा भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्