जनता टाइम्स

२९ माघ २०८०, सोमबार १५:०२

जनपरिचालनसहितको आन्दोलन अभियानमा नखट्ने कार्यकर्तालाई माओवादीले कारवाही गर्ने


काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रले तराई मधेश जागरण अभियान र ठूला शहर केन्द्रित अभियान चलाउने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले जनपरिचालनसहित बृहत्त् रुपमा अभियान चलाउने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अब जनपरिचालनसहित अभियान गर्ने निर्णय भएको छ । अहिले कार्यकर्तामा मात्रै सीमित भएको थियो । यसलाई संघीयता र गणतन्त्रलगायतको बिषयमा उठेको प्रश्नका विरुद्ध जनपरिचालनसहित आन्दोलनको रुपमा दिने निर्णय भएको छ ।’ उहाँका अनुसार चार महिने अभियान सफल भएको निष्कर्षसहित कार्यकर्ताको मुल्यांकनको आधार तयार गरेको बताउनुभयो ।

उहाँले थप्नुभयो,‘अभियानमा १०० प्रतिशत खट्नेलाई प्रशंसा पत्र दिने, ७५ /८० सम्म खट्नेलाई धन्यवाद पत्र, ५०/५५ सम्म खट्नेलाई निर्देशनपत्र र १५ प्रतिशत भन्दा कम खट्नेलाई कारवाही गर्ने र स्पष्टिकरण सोधिनेछ ।’ उक्त स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नआए कडा चेतावानीसहित घटुवा वा निलम्बन पनि हुन सक्ने उहाँले बताउनुभयो ।