जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार ०८:२१

कुमारी बैंकको अध्यक्षमा अमिर जबरा, यस्तो बन्यो नयाँ सञ्चालक समिति


काठमाडौं, फागुन ३ । कुमारी बैंकको संचालक समितिको अध्यक्षमा अमिर प्रताप जबरा चयन हुनुभएको छ ।

फागुन १ गते बसेको संचालक समितिको बैठकले जबरालाई अध्यक्ष चयन गरेको हो । बैंकको माघ २८ गते सम्पन्न साधारणसभाले बैंकमा ६ संचालक चयन गरेको थियो ।

साधारणसभाले संस्थापक समुहबाट अमिर प्रताप जबरा, विजय कुमार श्रेष्ठ (कर्मचारी संचय कोषका प्रतिनिधि), र पशुपति मुरारकालाई संचालक चयन गरेको थियो ।

त्यस्तै सर्वसाधारण समुहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सिम्रन अग्रवाल (महिला तर्फबाट) लाई संचालक चयन गरेको थियो । बैंकको स्वतन्त्र संचालकमा विजय स्थापित रहनुभएको छ ।