काठमाडौं, फागुन ३ । अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौंबाट उद्धार भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराती रातोपुलबाट बन्धक बनाइएका ११ जनाको उद्धार गरेको प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले जानकारी दिनुभयो।
एसएसपी खत्रीका अनुसार विदेश लैजाने भन्दै बन्धक बनाएको आरोपमा चार जनालाई नियन्त्रणमा लिइएको छ। सो कार्यमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्