काठमाडौं, फागुन ३ । नेकपा एमालेको प्रचार तथा प्रकाश विभागमा तीन सदस्य थपिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
महासचिव पोखरेलका अनसार मनोनीत हुनेमा माधव नेपाल, इन्द्र आचार्य र मोहन बाँस्तोला हुनुहुन्छ । एमाले प्रचार बिभागमा मनोनीत तीनै जना प्रेस चौतारी नेपालका नेता हुनुहुन्छ ।
मनोनित भएकामध्ये आचार्य कोषाध्यक्ष र बाँस्तोला केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ भने नेपाल पूर्वबरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्