काठमाडौं, ४ फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यसअघि विहिबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।













प्रतिक्रिया दिनुहोस्