जनता टाइम्स

४ फाल्गुन २०८०, शुक्रबार १३:३२

कांग्रेस केन्द्रिय समिति बैठक आज पनि, प्रस्तुत प्रतिबेदनमा छलफल


काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ९ बजेबाट सुरू भएको बैठकमा प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

गत बिहीबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदन पेश गरिएको थियो । जसअनुसार उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।