जनता टाइम्स

५ फाल्गुन २०८०, शनिबार १८:२४

त्रिशूलीमा बेपत्ता युवकको शव फेला


गोरखा, ५ फागुन । माछा मार्ने क्रममा त्रिशूली नदीमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । तनहुँको ब्यास–५ घर भई धादिङ बस्दै आउनुभएको ३२ वर्षीय गोविन्द बोटेको शव भेटिएको हो ।

शुक्रबार साँझ गण्डकी गाउँपालिका–८ चरौदीस्थित त्रिशूली नदी किनारमा बोटेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिनुभयो ।

उहाँ माछा मार्ने क्रममा फागुन २ गते चरौदीस्थित त्रिशूली नदी किनारबाट हराउनुभएको थियो । शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।