जनता टाइम्स

५ फाल्गुन २०८०, शनिबार १९:४३

दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु


दार्चुला, ५ माघ । दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका–३ पारखडाका ३२ वर्षका जगतसिंह धामी सोही ठाउँ स्थित रिठाईनीको भिरमा आज दिउँसो मृत अवस्थामा फेला पर्नुभएको हो ।

धामीको सुनचन्ना भन्ने ठाउँबाट घर फर्कदै गर्दा उक्त भिरमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।