जनता टाइम्स

६ फाल्गुन २०८०, आईतवार १६:५२

पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाबिरुद्ध भ्रष्टाचार मुद्धा दायर


काठमाडौं, फागुन ६ । भ्रष्टाचार र अनियमितताबिरुद्ध आगो ओकल्ने भनेर सामाजिक सञ्जालमा निकै चर्चामा रहनुभएका पूर्वसचिव भीम उपाध्यायमाथि नै भ्रष्टाचार गरेको अभियोगमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा उपाध्यायसहित तीन पूर्वसचिवसमेत गरी १८ जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको हो ।

अख्तियारले आइतबार मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जनालाई मुद्धा दायर गरेको हो।

विशेष अदालतमा आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको आयोगले जनाएको छ।