जनता टाइम्स

६ फाल्गुन २०८०, आईतवार १७:२७

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ


काठमाडौं, ६ फागुन । कीर्तिपुर नगरपलिका–६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

काठमाडौंकै कीर्तिपुर नगरपालिका–१ अमृतनगर बस्ने ५१ वर्षीय भक्त बहादुर राईको टहरामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।