काठमाडौं, ६ फागुन । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्न निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत डा. जोशी वरिष्ठ हाडजोर्नी विशेषज्ञ हो ।
परिषदका सदस्यको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो । रिक्त रहेको पदमा सरकारले डा. जोशीलाई नियुक्त गरेको हो । नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत रेहनुभएको डा. जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारीसमेत निभाइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्