काठमाडौं, फागुन ७ । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।
विसं २०७८ मङ्सिर २४ गते काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशनको दुई वर्ष तीन महिनापछि कांग्रेसको ‘नीति अधिवेशन’का रुपमा लिइएको महासमिति बैठक आजबाट सुरु हुन लागेको हो । बैठकमा भाग लिन लागि देशभरबाट महासमिति सदस्य सङ्घीय संघीय राजधानी आइपुगेका छन ।
आफू एक्लै अधिकांश सिटमा निर्वाचन जित्ने अवस्थामा पनि राष्रिय सभामा गठबन्धन गरी नेकपा माओवादी केन्द्रलाई पहिलो दल बनाउने नेपाली कांग्रसको यो महासमिति बैठकलाई बढो चासोका साथ हेरिएको छ । ललितपुरको गोदावरीस्थित सनराईज हलमा आज दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता ! स्वतन्त्रता, न्याय र समानता !! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता । भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरबाट दुई हजारभन्दा बढी महासमिति सदस्यको सहभागिता रहने कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता हुनेछ ।
यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउन लागिएको छ ।













प्रतिक्रिया दिनुहोस्