काठमाडौं, ७ फागुन । सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर मकवानपुरकी एक बालिका बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।
फागुन ४ गते १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको छ । जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए ।
उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।
प्रतिक्रिया दिनुहोस्