जनता टाइम्स

७ फाल्गुन २०८०, सोमबार १८:४२

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत


मोरङ, ७ फागुन । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उर्लावारी नगरपालिका–५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङलाई प्रहीले पक्राउ गरेको हो ।

गुरूङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका–४ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।