धनगढी, ७ माघ । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाविद्यालय र सुदूरपश्चिमा अञ्चल (एसपिए) विजयी भएका छन् । आज भएको पहिलो खेलमा क्रिसेन्ट सिटी विद्यालयलाई १ गोल प्रहार गरी सैनिक आवासिय महाविद्यालय विजयी भएको हो ।
निर्धारीत समय दुबै पक्षका खेलाडीहरुले गोल नगरी सकेपछि खेल पेनाल्टीमा गएको थियो जसमा सैनिक आवसिय महाबिद्यालयले ५ गोल र क्रिसेन्ट सिटी विद्यालयले ४ गोल प्रहार गरी पराजित हुन पुगेको हो । धनगढीको रंगशालामा आज भएको दोस्रो पहिलो खेलमा पञ्चोदय माद्यामिक विद्यालयलाई एसपिएले १ गोलले विजयी भएको हो । एसपिएको तर्फबाट सन्दीप सिंह पहिलो हाप मै गोल प्रहार गरी एसपिएलाई बिजयी दिलाएका थिए ।
लिटल फ्लावर स्पोर्ट क्लबले आयोजना गरेको श्री कलेज मेनेजमेन्ट धनगढीको कप २०८० को भोली होलील्याण्ड एकेमी अत्तरीया र कैलाली माध्याकिक विद्यालय धनगढीबीच पहिलो खेल हुने छ भने दोस्रो खेल लोटस आई स्कुल अत्तरीया र एलायन्स मोडल स्कुल धनगढीबीच हुने क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्