जनता टाइम्स

८ फाल्गुन २०८०, मंगलवार १४:०८

बैठकमा मोबाइल नचलाउन अध्यक्ष ओलीको निर्देशन


काठमाडौं, ८ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा केही सदस्यहरुले मोबाइल चलाएपछि अध्यक्ष केपी शर्मा ओलीले नचलाउन आग्रह गर्नुभएको छ । आज च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न आग्रह गर्नुभएको हो ।

‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले भन्नुभयो,‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि । अलिकति बैठकमा अनुशासन राखौँ न हो ।’