भक्तपुर, फागुन ९ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरमा बशन्तकुमार श्रेष्ठको सभापतित्वमा नयाँ तदर्थ समिति गठन भएको छ । गत २०७८ पुस ६ मा निर्वाचन भई गठित जिल्ला कार्यसमितिको कार्यकाल माघ मसान्तमा सकिएको भएकोले सोसाइटीले श्रेष्ठको सभापतित्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
रेडक्रसले प्रचलित विधानको दफा ३५ (१) बमोजिम नेरेसो.का विशिष्ट सदस्य श्रेष्ठको सभापतित्वमा १५ सदस्य रहनेगरी नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला तर्दथ कार्यसमिति गठन गरेको जनाएको छ ।
श्रेष्ठ नेरेसो मा लामो समय कर्मचारी तथा १३० पटक रक्तदान गर्नुहुने स्वयसेवी रक्तदातासमेत हुनुहुन्छ । श्रेष्ठको नेतृत्वमा रहेको समितिमा उपाध्यक्षमा दूर्गा तिवारी र रामभक्त केसी रहनुभएको छ । यसैगरी रमेश श्रेष्ठ मन्त्री, प्रेमप्रसाद खतिवडा कोषाध्यक्ष, बद्रीप्रसाद खतिवडा उपमन्त्री, निर्मला सुवाल उप–कोषाध्यक्ष, रहनुभएको छ भने सदस्यहरुमा दिपक मुल, पुजा भण्डारी, दीपेश श्रेष्ठ, रुुकेश रन्जित, कालिका पौडेल, सरस्वती जोशी, सन्तोष केसी र अञ्जना पौडेल हुनुहुन्छ ।
रेडक्रसको विधानको दफा ३५ (१) कुनै पनि जिल्लामा स्थानीय अपरिहार्य कारणवश विधिवत् जिल्ला कार्यसमिति गठन हुन सक्ने स्थिति नभएमा केन्द्रीय कार्यसमितिले १५(पन्ध्र) जनासम्मको जिल्ला तदर्थ समिति गठन गर्न सक्नेछ । दफा ३२ (४) (२) जिल्ला कार्यसमितिको कार्यावधि दफा ५१ बमोजिम २ (दुई) वर्षको हुनेछ । सदस्यहरूको पदावधि कार्यसमितिको आगामी निर्वाचनसम्म रहने छ । कुनै कारणवश कार्यावधि समाप्त हुनुभन्दा अगावै निर्वाचन भएमा पूर्व कार्यसमितिको कार्यावधि सिद्धिएको मानिनेछ ।
जिल्ला प्रशासन कार्यालयबाट २०७५।०९।३० गते प्रमाणीकृत विधानको दफा ६४ र ६५ अनुसार कार्यसमितिको सार्वभौम अधिकार प्रत्योजन सम्बन्धमा स्पष्ट व्यबस्था देखिन्छ । तसर्थ सो सम्बन्धमा सबै रेडक्रर्मीहरु भ्रममा नपर्न अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्