जनता टाइम्स

९ फाल्गुन २०८०, बुधबार ०९:५९

वाणिज्य बैंकका कर्मचारीले नै ग्राहकको खाताबाट एक करोड ३७ लाख चोरेपछि


काठमाडौं, फागुन ९। राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले नै ग्राहकको खाताबाट रकम चोरेको पाइएको छ । सो अभियोगमा कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि यो तथ्य उजागर भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखामा कार्यरत बैंकका कनिष्ठ सहायक रोहितकुमार ओझालाई नियन्त्राण्मा लिएको हो ।

कनेक्ट आइपिएसमार्फत उनले ग्राहकको रकम चोरी गरेको र ग्राहकले उजुरी गरेपछि वीरगंजबाटै उनलाई पक्राउ गरीएको सीआईबीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

बोगटीका अनुसार बैंकको केन्द्रीय कार्यालयले सीआइबीलाई छानबिनका लागि लेखेको थियो । प्रहरीले आरोपीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।