भक्तपुर, ९ फागुन । भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज अपरान्ह खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते हुनुभएको उहाँको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्