जनता टाइम्स

१० फाल्गुन २०८०, बिहीबार १९:३६

बाजुरामा एम्बुलेन्स दुर्घटना, दुई जना घाइते


धनगढी, १० फागनु । बाजुरामा एम्बुलेन्स दुर्घटनामा परेको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स आज वडा नम्बर ३ मा दुर्घटना भएको हो । स्थानीय जय शाहीलाई लिन गएको एम्बुलेन्स गाउँपालिकाको जुकोट रिब्डा सडक खण्डअन्तर्गत रिब्डा खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स सडकबाट करिब १० मिटर तल खसेको थियो । एम्बुलेन्समा चालक कृति कटेल र बिरामी शाही सकुशल रहनुभएको छ । दुर्घटनाबाट मानवीय क्षति नभए पनि एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जनाएको छ ।