कैलाली, फागुन ११ । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौं दिन मतदान सुरू भएको छ ।
सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघिबाट मतदान सुरू भएको हो । मतदान दिउँसो १ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।
एमालेको नेतृत्वका लागि कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र प्रदेश कमिटीका पूर्वसदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा उत्रनुभएको छ । निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदाता रहेका छन ।
फागुन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडीको सुखडमा नवौँ अधिवेशनको उदघाटन गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्