काठमाडौंं, १२ फागुन । पूर्वपरराष्ट्र मन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली आज बिहान मन्थली नगरपालिका–८ चिसापानीमा आयोजित श्री स्वस्थानी व्रत कथाको समापन कार्यक्रममा सहभागी हुनुभएको छ । मन्थलीको तामाकोसी नदीबाट वडा नं ८ को भिमशेनस्थानसम्म लगिएको सय धारा कार्यक्रममा ज्ञवालीले सहभागिता जनाउनुभएको हो । तामाकोसीबाट सय धारा भएका जलधारमा भिमसेनथानसम्म जल लगिएको थियो ।
सो सांस्कृतिक कार्यक्रममा उपमहासचिव ज्ञवाली सहभागी हुनुभएको हो । सो क्रममा ज्ञवालीले मन्थली नगरपालिका–८ को वडा कार्यालय पनि निरिक्षण गर्नुभएको वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो । सो क्रममा ज्ञवालीले छोटो समयमा वडा कार्यालय निर्माण गरी आफ्नै भवनबाट सेवा सञ्चालन गरेकोमा निर्वाचित नेतृत्वलाई धन्यवाद दिनुभयो । नवनिर्मित भवनबाट वडावासीलाई सहज, सुलभ र विश्वसनीय सेवा प्रवाह हुने ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्