जनता टाइम्स

१३ फाल्गुन २०८०, आईतवार २३:३७

उपरथीमा बढुवा भएका तीन जर्नेललाई दर्ज्यानी चिन्ह प्रदानसँगै गरियो पदस्थापन


काठमाडौं, फागुन १३ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका तीन जना सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

सैनिक जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रमबीच प्रधानसेनापति शर्माले उपरथीमा बढुवा हुनुभएका सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजालाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

बढुवासँगै श्रेष्ठलाई मध्य पश्चिम पृतना, थापालाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालय र देउजालाई संभाररथी विभागमा जिम्मेवारी तोकिएको छ ।