जनता टाइम्स

१५ फाल्गुन २०८०, मंगलवार २०:०५

कैलालीमा १५ वर्षीया किशोरी गर्भवती


धनगढी, १५ फागुन । कैलालीमा १५ वर्षीया किशोरी गर्भवती भएकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ की १५ वर्षीय किशोरी गर्भवती भएको प्रहरीले जनाएको छ । उनी गर्भवती भएपछि घटनामा संलग्नविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो । माघ २ गते गौरीगंगाकी ती किशोरीमाथि करणी भएको थियो ।

उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजुले औषधि सेवन गर्न लगाइएकी थिइन् । किशोरकी भाउजुलाई प्रहरीले पक्राउ गरेको छ । फागुन ७ गतेमात्र घटना प्रहरीमा आएको र किशोर फरार रहेको बताइएको छ । चौमाला क्षेत्रका नेताहरूले घटनामा मिलापत्र गर्न पहल गर्दै आएको आरोपसमेत लागेको छ ।