गणेश बस्नेत

१७ फाल्गुन २०८०, बिहीबार १९:४७

स्वास्थ्य मन्त्रालयका सहसचिव गौतमको सरुवा


काठमाडौं, १७ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमको सरुवा भएको छ । मन्त्रिपरिषद्ले सहसचिव गौतमलाई लोकसेवा आयोगमा सरुवा गरेको हो ।

उहाँको ठाउँमा भर्खरै सह–सचिवमा बढुवा हुनुभएको जयबहादुर भण्डारीलाई ल्याइएको छ । गौतम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका रुपमा काम गर्दै आउनुभएको थियो ।