जनता टाइम्स

१८ फाल्गुन २०८०, शुक्रबार १९:३८

घुस लिन र दिने दुवै दोषी ठहर


काठमाडौं, फागुन १८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गर्दै ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । ढुंगेलमाथि ज्ञानहरि लामासँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध अदालतमा बयान फेरेको आरोप लागेका ज्ञानहरी लामालाई पनि अदालतले दोषी ठहर गरेको छ ।