जनता टाइम्स

२० फाल्गुन २०८०, आईतवार ११:१०

ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको कारोवार मूल्य


काठमाडौं, फागुन २० । आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ । विगत केही दिनदेखि सुनको मूल्य बढिरहेको छ । फागुन ३ गते नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ ।