जनता टाइम्स

२० फाल्गुन २०८०, आइतबार १३:४०

अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभाका २० सांसद आजबाट बिदा हुँदै


काठमाडौं, २० फागुन । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको आजबाट पदावधि सकिएर बिदा हुँदै हुनुहुन्छ । जसमध्ये दुई राज्यमन्त्रीसमेत हुनुहुन्छ । आज मध्यरातिबाट उहाँहरुको पदावधि सकिन लागेको हो ।

अध्यक्ष तिमिल्सिनासहित पहिलोपटक गोला प्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण हुनुभएको अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजङ्ग रायमाझी, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरव सुन्दर श्रेष्ठ, रामचन्द्र राई, विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, प्रमिला कुमारी, नन्दा चपाई, सिङ्गबहादुर विश्वकर्मा, डा. खिमलाल देवकोटा बिदा हुन लाग्नुभएको हो ।

प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री हो भने नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हो ।