जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १३:२६

५५ सय ब्रोइलर कुखुराका चल्ला बरामद


पर्सा, असोज ७

पर्सामा भारतबाट तस्करी गर्दै गरेको अवस्थामा ५५ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी अरमपट्टी पर्साबाट खटिएको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा बिन्दवासिनी गाउँपालिका–४ बाट ५५ सय ४४ गोटा चल्ला बरामद गरेको हो ।

चार जनाको समूहमा रहेका चल्ला तस्कर भने फरार रहेको प्रहरीले जनाएको छ । बरामद चल्ला पशु क्वारेटाइन चेकपोष्ट सिर्सिया बुझाइने प्रहरीले बताएको छ ।