जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १४:३२

पक्की पुलको माग गर्दै रिले अनशन


बैतडी, असोज ७

भारतसँग सीमा जोडिएको नाका बैतडीस्थित झुलाघाटमा पक्की पुलको माग गर्दै रिले अनशन बसेका छन् । झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले जिल्ला प्रशासन अगाडी भदौ २२ गतेबाट अनशन बसेका हुन् । अनशन बसेको १७ दिन भइसक्दासमेत पुल निर्माणका विषयमा सरकार पक्षबाट केही पहल नभएको संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बतौ ।

उक्त अनशनमा बैतडीवासी स्वस्फूर्त रुपमा सहभागी छन् । झुलाघाट नाकामा पक्की पुल नभएकै कारण बैतडी मात्रै सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा वाधा पुगेकाले अनशन बसेको स्थानीयहरुले जानकारी दिए । संघर्ष समितिका संयोजक चन्दका अनुसार आफुहरुको पक्की पुलको मागका विषयमा पहल नहुँदासम्म अनशन जारी रहनेछ ।