काठमाडौं, २१ फागुन । नयाँ सत्ता नयाँ गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज दिउँसो साढे २ बजे बस्ने नयाँ बामगठबन्धन बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ ।
हालसम्म एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने चर्चा छ ।
प्रतिक्रिया दिनुहोस्