जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार १७:०१

आजै ५ बजे नयाँ मन्त्रीको शपथ ग्रहण


काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीहरुलाई आजै शपथ ग्रहण गराउनुहुने भएको छ । राष्ट्रपति कार्यालयलाई पत्र पठाएर प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे नयाँ मन्त्री शपथ गराउने जानकारी गराउनुभएको छ ।

आज ३ जना मन्त्रीले शपथ लिने तयारी छ । मन्त्रीहरुको शपथ ग्रहणको तयारी राष्ट्रपति कार्यालयले थालेको छ । कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्नुभएको हो ।