काठमाडौं, २२ फागुन । नागरिक उन्मुक्ति पार्टीले आज आकस्मिक बैठक बोलाएको छ ।बदलिएको राजनीतिक समीकरणपछि आगामी राजनीतिक कदम तय गर्न नाउपाले पार्टीका पदाधिकारी, प्रदेश र संघका सबै सांसदहरूलाई छलफलमा बोलाएको हो ।
पार्टीका महासचिव गंगाराम चौधरीले भन्नुभयो, ‘बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका छौ । पार्टीको निर्णय अनुसार अगाडि बढ्छौ । यसमा एकल निर्णय हुँदैन । पार्टीको हितमा भए सरकारमा जान्छौ । नभए बाहिर बस्छौ ।’
बैठक बिहान १० बजे बस्ने बताइएको छ । काठमाडौँमा बस्ने बैठकमा अनिवार्य उपस्थित हुन पनि पार्टीले निर्देशन जारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्