काठमाडौं, २२ फागुन । एनपी साउदले झण्डै एक वर्ष मुलुकको परराष्ट्र मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो बताउनुभएको हो । निवर्तमान परराष्ट्रमन्त्री साउदले आफूले गरेको काम सन्तोषजनक रहेको जिकिर गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ,‘झण्डै एक वर्ष मुलुकको परराष्ट्र मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रह्यो । यो महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहँदा राजनीतिक नेतृत्व वर्ग, राष्ट्रसेवक कर्मचारी, कूटनीतिक समुदाय, सञ्चारकर्मी एवं सम्पूर्ण देशवासीको साथ र सहयोग प्राप्त भयो, जसका लागि म उहाँहरू सबैप्रति आभारी छु ।जानी नजानी जारी युद्धमा संलग्न हुन पुगेका नेपाली नागरिकहरुसँग सम्बन्धित विषयमा प्रगति भएको छ र छिट्टै सकारात्मक नतिजा आउनेमा म आशावादी छु। राष्ट्रहित प्रवर्द्धन गर्ने एवं ठूलो संख्यामा विदेशमा रहेका नेपाली नागरिकहरूको हितको रक्षा गर्ने दिशामा फरक भूमिकामा रहेर पनि मेरो इमान्दार प्रयास र योगदान जारी रहनेछ। जय नेपाल ।’
उहाँले जानी नजानी जारी युद्धमा संलग्न हुन पुगेका नेपाली नागरिकहरूसँग सम्बन्धित विषयमा प्रगति भएको जिकिर गर्दै छिट्टै सकारात्मक नतिजा आउनेमा आशावादी रहेको पनि उल्लेख गर्नुभएको छ । राष्ट्रहित प्रवर्द्धन गर्ने एवं ठूलो संख्यामा विदेशमा रहेका नेपाली नागरिकहरूको हितको रक्षा गर्ने दिशामा फरक भूमिकामा रहेर पनि इमान्दार प्रयास राख्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्