जनता टाइम्स

२२ फाल्गुन २०८०, मंगलवार १६:४४

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने, निर्धारित समयभन्दा एक घण्टा ढिला बैठक सुरु


काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अपराह्न ४ बजेदेखि सुरु भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला गरी सुरु भएको हो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट समर्थन फिर्तासहित अन्य तीन निर्णय हुनेछ । आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएपछि आज समर्थन फिर्ताको लागि दिउँसो ३ बजेकै लागि बैठक बोलाइएको भएपनि बैठक ४ बजेपछि मात्रै सुरु भएको हो ।