जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार १३:५९

एमालेबाट सचिवले सरकारमा नेतृत्व गर्दै, भौतिक पूर्वाधार मन्त्रीमा रघुवीर


काठमाडौं, २३ फागुन । नेकपा एमालेबाट सरकारको नेतृत्व पार्टी सचिव रघुवीर महासेठले गर्नुहुने भएको छ ।

चार दलीय गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड भएको छ । जसमा एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर पठाउने भएको छ ।

एमालेबाट सरकारमा ९ जना मन्त्री बन्ने भएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसक्नुभएको छ भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो ।