जनता टाइम्स

२३ फाल्गुन २०८०, बुधबार १४:५४

माओवादीले टुंग्यायो मन्त्रीको नाम : तीन दोहरिए, दुइ नयाँ थपिए


काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुंग्याएको छ । जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाइ दोहोर्याउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो भने पुनर्गठित मन्त्रीमण्डलमा नयाँ दुइ अनुहार थपिएका छन् ।

जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी) लाई पुनर्गठित मन्त्रीमण्डलमा समेटिने भएको छ । प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन । सम्भवतः आजै सपथ ग्रहण कार्यक्रम हुनेछ ।