जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १६:५२

ई–सेवा र इन्भेस्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता


काठमाडौं, असोज ७

नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक ई–सेवा फोन पे प्रालि र नेपाल इन्भेस्टमेन्ट बैंकबीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अब नेपाल इन्भेष्स्मेन्ट बैंकबाट ई–सेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाको सहजै भुक्तानी गर्न सकिनेछ ।

ग्राहकले बैंकको इन्टरनेट बैंकिङ तथा कुनै पनि शाखामार्फत सहजै ई(सेवामा रकम लोड गर्न सक्नेछन् । ई–सेवा खातामा भएको रकम पनि सीधै बैंकमा जम्मा गर्न सक्नेछन् । ई–सेवाबाट मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, हवाइजहाज र बसको टिकट, विद्यालय÷क्याम्पस को शुल्क भुक्तानी, होटल र रेस्टुरेन्टको बिल भुक्तानीलगायत विभिन्न सुविधा उपभोग गर्न सकिने बताइएको छ ।

पछिल्लो समयमा ई–सेवाले क्युआर कोडमार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गरिरहेको छ । हाल ई–सेवामा ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् । क्युआर कोडमा ई–सेवाले आकर्षक क्यास ब्याक तथा छुटको व्यवस्थासमेत गरेको छ । अबदेखि नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकले ई-सेवामा पैसा लोड गरी सजिलै क्युआर कोडमार्फत भुक्तानीको सुविधा पनि लिन सक्नेछन् ।

ई–सेवामा हाल ५५ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल ई=सेवाका ग्राहक २५ लाखभन्दा बढी पुगीसकेका छन् । यो संख्या निरन्तर बढ्ने क्रममा छ । देशभररहेका ई–सेवाका ६० हजारभन्दा बढी एजेन्ट मार्फत ७५ लाखभन्दा बढीले ई–सेवाका सेवा लिइरहेका छन् ।