जनता टाइम्स

२४ फाल्गुन २०८०, बिहीबार १२:४८

एमाले कर्णालीको दोश्रो बैठक शुरु, यस्ता छन एजेण्डा


सुर्खेत, फागुन २४ । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको दोर्सो बैठक वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको छ ।

प्रदेश कमिटी अध्यक्ष गुलावजॅग शााहको अध्यक्षता र पार्टीका प्रदेश ईन्चार्ज लेखराज भट्टको प्रमुख आतित्थ्यतामा बैठक सुरू भएको हो । राष्ट्रिय राजनीनतिमा आएको परिवर्तनसॅगै पहिलो पटक बस्न लागेको एमाले कर्णालीको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रदेश अधिवेशन पश्चात कार्यमुलक ढंगले पहिलो पटक बस्न लागेको बैठकले पार्टीको आगामी कार्य योजना निर्माण, राष्ट्रिय राजनीतिको समिक्षा लगायतका विषयमा छलफल गर्ने पार्टीका अध्यक्ष गुलावजंग शाहले जानकारी दिनुभयो ।

बैठकमा संवोधनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउने यजना तय भएपनि राष्ट्रिय राजनीतिका बारेमा थप सल्लाह गर्नुपर्ने भएकाले अन्तमा उहॅा आउन नसक्नु भएको बताईएको छ ।

बैठकमा पार्टी स्थायी कमिटी सदस्य यामलाल कॅडेल, गोरखबहादुर बोगटी, पोलिटप्यूरो सदस्य भैरवसुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य नीरज आचार्य, विनोद तुमार शाह, नगेन्द्र शाही, दल फडेरा लगायका नेताहरुको सहभागिता रहेको छ ।