काठमाडौं, असोज ७ । विद्यालय शान्ति क्षेत्र हो । यहा कुनै पनि पार्टीमा समर्थित भएर जुलुस नाराबाजी गर्न पाइदैन । अर्थात विद्यालय शान्ति क्षेत्र हो । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारविरोध सभामा विद्यार्थीको प्रयोग गरेको छ ।
चितवनमा रहेको प्रेरणा विद्यालयका विद्यार्थीलाई पार्टीको झण्डा बोकाएर सडकमा निकालिएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । चितवनमा भएको सभालाई नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सम्वोधन गर्ने कार्यक्रम रहेको थियो । सोही क्रममा यी विद्यार्थीलाई कांग्रेसले पार्टीको झण्डा बोकाएर प्रयोग गरेको हो ।
जागरण अभियान अन्तर्गत मंगलबार नारायणगढ पुलचोकमा विरोधसभा भएको थियो । पुलचोकमा सभा हुनुभन्दा पहिले भरतपुर चौबिसकोठीबाट कांग्रेसको विरोध र्याली निस्केको थियो। कांग्रेसको हिमाल, पहाड, तराइ, मधेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण पनि मंगलबारबाट सकिएको छ।
(तस्विर सौजन्य गोविन्द घिमिरे)
प्रतिक्रिया दिनुहोस्